(लघुलेख) नभएकाेकाे पछि
(लघुलेख) नभएकाेकाे पछि सरण राई कतिपय नभएकाेकाे पछि लाग्दा भ्रमात्मक आनन्द सुख माेक्षमुक्तिकाे चाहनामा मन रूमलिनु अनि त्यसकै पछि लागेर तन सुक्नु मानव चरीत्रमध्ये एक राेमाञ्चक तथ्य हाे । नभएकाेकाे पछि लागिरहनु बानी परिसकेपछि त्याे उत्साहप्रद क्रिया हुने भएकैले विश्वभरि नै यस्ता मान्छेहरू छन् । उनीहरूलाई त्याे विश्वासबाट विमुख गर्न खाेज्नु असम्भव हुनाले नै नभएकाेकाे गुणगान चर्चा धुमधाम गरेर छट्टुहरूले स्वार्थसाधना गरिरहन्छन् नै । के छ? के छैन ? साेच नभएर नै , साेच्ने क्षमता नभएर नै अल्पमतले बहुजनलाई साेचहीन बनाई मनपरि गरि नभएकाेकाे पछि कुदिरहने उल्लु बनाउने बनाईरहने खेल सदियाैदेखि चलिरहेकाे छ । याे क्रम राेक्ने साेच पलाएकै देखिएन । साेच । साेच नभएपछि नभएकाकाे पछि कुदिरहनु मन र तन विवश भईरहेकाे अवस्थामा नभएकाे छैन भन्न सक्ने क्षमता साेच पनि देखिदैन । २०७९/९/१९