(लघुलेख)   नाैलाे अनुभूति

 

(लघुलेख)
 
नाैलाे अनुभूति
 
सरण राई
 
आज मैले भाेगेका दिनहरू २७,९९२ भएका छन् । मानिस अथाह अनुभूतिहरूकाे चाङ थाक पाेका रहेछ । प्रत्येक दिनका अनुभूतिहरू फरकफरक तीतामीठा र उत्तेजक हुने भएकैले जीवनप्रति माेह झन् झन् जागेर बढेर आउँछ । दिनहरू भाेग्दै जाँदा नाैलाे नाैलाे अनुभूति हुँदाे रहेछ ।
जुन सुन्दर कुराहरू मसित थिए ; जुन सप्तरङ्गी रङ्हरू थिए, अहिले ती लुप्त भएर नाैरङ्गी स्वाद अनुभूति गरिरहेछु । नाैलाे अनुभव अनुभूति ! अहिले मलाई उसिनेकाे इस्कुस खाँदाकाे मिठाससँग जीवन तुलना गर्न मन लागेकाे छ । इस्कुस बाेक्रा उक्काएर खाँदै जाँदा अन्तमा गुदि जिब्राे खाइन्छ । गुदि जिब्राेकाे जालाे खाेस्टा चपाउँदाअर्कै मिठास र सबैभन्दा मीठाे इस्कुसकाे गुदि जिब्राे खाँदा प्राप्त भए झ‌ँ सकिन तुरिन लागेकाे जीवन अनुभूति सबैभन्दा तिख्खर वा मन रूवाउने वा मन रुझाउने खालकाे नाैलाे हुँदाे रहेछ ।
अनुभूतिका नाैलाे नाैलाे ताँती आइरहने भएकैले मानिस अरु धेर‌ै दिन बाँच्न चाहदाे रहेछ । अनुभूतिका चाङमा बस्दा लाग्दाेरहेछ -- बाँच्नु सबैभन्दा ठूलाे रहेछ ! बाँचुन्जेलकाे जीवन हाे । बाँचुन्जेलकाे अनुभूति सुख हाे: दु:ख हाे। आफ्नाे अंशभागमा परेकाे छाेटाे अनुभूतिहरूका माला पुष्पसमान बचाइ हाे ।
बचाइ भाेगाइ फरक फरक तर कतिपय अनुभूति भने समान जस्ले ओठमा हाँसाे र आँसु समान रूपमा ल्याउने गर्छ ।
🌿
२०७९/९/१८
🌹

🌹

Comments

Popular posts from this blog

(लघुलेख) नभएकाेकाे पछि